सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको तीन जिल्लाबाट ३ जना फरार प्रतिवादी पक्राउ

२०८३ जेठ २२, ०७:१९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको तीन कैलाली, कञ्चनपुर र बाजुरा जिल्लाबाट ३ जना फरार प्रतिवादी पक्राउ परेका छन्।  

जिल्ला अदालत कैलालीको फैसलाले लेनदेन साँवा व्याज भराई पाउँ मुद्दामा १ वर्ष कैद सजाय तोकिएको कैलारी गाउँपालिका–४ भितरिया बस्ने ४४ वर्षीय खुसि राम चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरीले विहीबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ फागुन २७ गतेको फैसलाले बहु–विबाह मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएको बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने ३५ वर्षीय अमर सिंह रानालाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरीले विहीबार उनकै घर ठेगानाबाट पक्राउ गरेको हो।

यस्तै जिल्ला अदालत बाजुराको फैसलाले सवारी ज्यान मुद्दामा २ महिना १० दिन कैद सजाय र ४ हजार जरिवाना तोकिएको बुढीगंगा नगरपालिका–६ बस्ने २६ वर्षीय प्रकाशबहादुर सार्कीलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले विहीबार बडिमालिका नगरपालिका–९ मार्तडी बजारबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस