कैलालीको कुसुमघाटबाट खैरो हेरोइनसहित एक युवक पक्राउ
धनगढी: कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटबाट प्रहरीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।
शुक्रबार बेलुकी भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका जानकी गाउँपालिका–७ निवासी २३ वर्षीय नरेन्द्र चौधरीलाई १ ग्राम ८७० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका चौधरीलाई चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारेपछि नियन्त्रणमा लिएको हो। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।