सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्य आज पनि घट्यो

२०८३ जेठ २४, १०:४५ रासस

स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा एक हजार र चाँदी ३३५ ले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल तीन लाख आठ हजार  कायम भएको छ। एक तोला चाँदीको मूल्य चार हजार ८९५ निर्धारण भएको छ। गत शुक्रबार एक तोला सुन तीन लाख नौ हजार र त्यति नै परिमाणको चाँदी पाँच हजार २३० मा कारोबार भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

कमेन्ट लोड गर्नुस