सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपा बझाङमा उपाध्याय

२०८३ जेठ २५, १०:१७ खबर संवाददाता

रास्वपा बझाङको प्रथम अधिवेशनले सत्यराज उपाध्यायको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ। आइतबार सम्पन्न अधिवेशनले उपाध्यायको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

समितिको उपसभापति र सचिवबाहेक अन्य पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो। समितिको उपसभापतिमा अरूण कुमार रोकाया र राम बहादुर देवारबीच प्रतिष्पर्धा भएको थियो। रोकायाले ८४ र देवारले ९९ मत प्राप्त गरे। 
यस्तै, सचिवमा अशोक मल्ल एक सय १६ मतसहित विजयी हुँदा  प्रतिस्पर्धी रामचन्द्र जोशीले ६६ मत प्राप्त गरे।

सहसचिवमा मुकेशकुमार ऐडी र कोषाध्यक्षमा अनिता भाट जप्रेल चयन भएका छन्। सदस्यमा पुष्पराज रोकाया (अक्षर खेती), गङ्गादत्त जोशी, रूद्रासिंह मल्ल, ज्ञानबहादुर सिंह, कमल साउद, मनिराम उपाध्याय र रामबहादुर थापा चयन  भएका छन्। 

कमेन्ट लोड गर्नुस