सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रिपरिषद् पुनर्गठनअघि मुख्यमन्त्री शाहले बोलाए क्याबिनेट बैठक

२०८३ जेठ २५, ०२:००

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् पुनर्गठनको तयारीबीच अहिले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

नयाँ मन्त्री नियुक्त गर्ने गृहकार्यमा रहेका मुख्यमन्त्री शाहले सरकार पुनर्गठनअघि वर्तमान मन्त्रिपरिषद्को बैठक आह्वान गरेका हुन्। बैठकका लागि मन्त्रीहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर बैठक सुरू भएको छ।

स्रोतका अनुसार बैठकमा सरकारका हालसम्मका कामकारबाहीको समीक्षा गरिनेछ। साथै, मन्त्रिपरिषद् पुनर्गठनअघि मुख्यमन्त्री शाहले वर्तमान मन्त्रीहरूलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम पनि रहेको बताइएको छ।

मुख्यमन्त्री शाहले आफ्नाबाहेक नेपाली काँग्रेस र नेकपा एमालेको कोटाबाट समेत नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। एमालेले सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंग्याएर मुख्यमन्त्रीलाई बुझाइसकेको छ।

काँग्रेसभित्रको असन्तुष्ट समूहका नेता दिवानसिंह विष्ट पक्षले पनि मन्त्रीहरूको नाम टुंगो लगाएकाले आजै साँझ ५ बजे नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाउने तयारी थालिएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस