सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो छ सुनचाँदीको मूल्य

२०८३ असार २, १२:३१ रासस

काठमाडौँ: स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु तीन सयले बढेको छ। यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ।

सोमबार प्रतितोला रु दुई लाख ९८ हजार २०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९८ हजार पाँच सय निर्धारण भएको छ। यस्तै, सोमबार प्रतितोला रु पाँच हजार १५ मा कारोबार भएको चाँदी आजका लागि भने रु चार हजार ९९० निर्धारण भएको छ।

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश चार हजार ३२७ दशमलव ६६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

कमेन्ट लोड गर्नुस