सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सरकारले सवारी साधन खरिद गर्न २४ करोड छुट्यायो

एआइ प्रविधिबाट निर्मित तस्विर
एआइ प्रविधिबाट निर्मित तस्विर
२०८३ असार ४, ०४:०० नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सवारी साधन खरिद गर्न २४ करोड ४ लाख १० हजार दुई सय रुपैयाँ विनियोजन गरेको छ। सरकारले मन्त्रालय र विभिन्न कार्यालयका लागि मोटरसाइकल/स्कुटर र तीन करोडसम्म पर्ने चार पाङ्ग्रे सवारी साधन खरिद गर्न बजेट छुट्याएको छ।

प्रदेश सरकारले प्रदेश सभाका लागि एक गाडी खरिद गर्न एक करोड छुट्याएको छ भने स्कुटर र मोटरसाइकल खरिदका लागि १० लाख ६४ हजार बजेट विनियोजन गरेको छ।

बजेटमा प्रदेश लोक सेवा आयोगका लागि जिप/कार खरिद गर्न ३३ लाख ४४ हजार विनियोजन गरिएकोमा मोटरसाइकल र स्कुटरका लागि थप दुई लाख २८ हजार छुट्याइएको छ।
 

मुख्यमन्त्री कार्यालयका लागि ५ करोडका गाडी खरिद गरिँदै 
प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि सवारी साधन खरिद गर्न ५ करोड १४ लाख २६ हजार विनियोजन गरेको पाइएको छ। जसमा भिआइपी चार पाङ्ग्रे डिजेल गाडीका लागि तीन करोड बजेट राखिएको छ। यस्तै, विद्युतीय गाडी खारिद गर्न दुई करोड ४० लाख, चार पाङ्ग्रे डिजल गाडीका लागि ८५ लाख, अर्को चार पाङ्ग्रेका लागि ८० लाख तथा मोटरसाइकल र स्कुटरका लागि २९ लाख २६ हजार विनियोजन गरिएको छ।

सरकारले सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना डोटीका लागि चार पाङ्ग्रे सवारी खरिद गर्न ८० लाख बजेट छुट्याएको छ।

प्रदेशको आर्थिक मामिला मन्त्रालयका लागि सवारी साधा खरिद गर्न चार करोड ७० लाख ५२ हजार छुट्याएको छ। मन्त्रालयका लागि हलुका सवारी साधन खरिद गर्न ४ करोड ५० लाख तथा मोटरसाइकल र स्कुटर खरिदका लागि थप २० लाख ५२ हजार विनियोजन गरिएको हो।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि सवारी साधन खरिद गर्न कुल ८० लाख बजेट छुट्याइएको छ।

जसमा चार पाङ्ग्रे सवारी साधनका लागि ४५ लाख, मोटरसाइकल खरिदका लागि १० लाख ५० हजार, घरेलु तथा साना उद्योग कार्यालय बाजुरको लागि मोटरसाइकल खरिदका लागि तीन लाख ५० हजार, डिभिजन वन कार्यालय डडेल्धुरा, डोटी, बाजुरा र धनगढीका लागि एक/एक थान मोटरसाइकल खरिद गर्न तीन लाख ५० हजारका दरले १४ लाख तथा डिभिजन वन कार्यालय अछामका लागि थप ७ लाख बजेट विनियोजन गरिएको छ।
 

कृषि मन्त्रालयमा गाडी किन्न करिब ४ करोड विनियोजन
प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र अन्तर्गतका कार्यालयका लागि सवारी साधन खरिद गर्न तीन करोड ९१ लाख ७ हजार ६ सय रुपैयाँ विनियोजन गरेको छ।

मन्त्रालयले मन्त्रीको सवारी साधन खरिद गर्न एक करोड बजेट विनियोजन गरेको छ। यस्तै, मन्त्रालयका लागि दुई वटा चार पाङ्ग्रे सवारी साधन खरिद गर्न ८३ लाख ६० हजार विनियोजन गरिएको छ।

मन्त्रालयले मोटरसाइकल खारिद गर्न दुई लाख ६६ हजार, स्कुटरका लागि पाँच लाख ३२ हजार, थप स्कुटर खरिद गर्न पाँच लाख ३२ हजार, साइकल खरिद गर्न ६१ हजारको व्यवस्था गरिएको छ।

यस्तै, माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरका लागि मोटरसाइकल खरिद गर्न पाँच लाख ३२ हजार, बाली संरक्षण प्रयोगशाला सुन्दरपुरका लागि मोटरसाइकल किन्न दुई लाख ६६ हजार तथा कृषि ज्ञान केन्द्र अछाम र डोटीका लागि मोटरसाइकल खरिद गर्न समान पाँच लाख ३२ हजार बजेट राखिएको छ।
 

बजेटमा मोटरसाइकल खरिद गर्न कृषि ज्ञान केन्द्र बझाङ, दार्चुला, कञ्चनपुर, बाजुरा र बैतडीलाई दुई लाख ६६ हजारका दरले १३ लाख ३० हजार छुट्याइएको छ।

यस्तै, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयलाई दुई लाख ६६ हजार, भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरलाई दुई लाख ६६ हजार, विज्ञ केन्द्र बजुरालाई चार पाङ्ग्रे सवारी सधान खरिद गर्न २८ लाख ८८ हजार, बझाङ र बैतडीलाई मोटरसाइक खरिद गर्न जनही दुई लाख ६६ हजारका दरले बजेट छुट्याइएको छ।

यो पटक पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल विकास आयोजना कार्यालय डोटीका लागि मोटरसाइक र स्कुटर खरिद गर्न ७ लाख ९२ हजार तथा कृषि मन्त्रालयका लागि सवारी साधन खरिद गर्न थप ४५ लाख २० हजार तथा दुई पाङ्ग्रे सवारी साधनका लागि १२ लाख विनियोजन गरिएको छ।
 

कानुन मन्त्रालयमा गाडी किन्न २ करोड ४४ लाख बजेट
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सवारी साधन खरिद गर्न दुई करोड ४४ लाख ६० हजार बजेट विनियोजन गरेको छ। मन्त्रालयमा पदाधिकारीका लागि सवारी साधन खरिद गर्न एक करोड ८० लाख तथा विद्युतीय चार पाङ्ग्रेका लागि ३८ लाख छुट्याइएको छ।
 

गाडीका लागि भौतिक पूर्वाधार मन्त्रालयमा ३ करोड बजेट
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी वर्ष सवारी साधन खरिद गर्न तीन करोड १५ लाख ६ हजार रुपैयाँ विनियोजन गरेको छ।

मन्त्रालयले चार पाङ्ग्रेका लागि दुई करोड २५ लाख, मोटरसाइकलका लागि १३ लाख ३० हजार, यातायात व्यवस्था सेवा कार्यालय लम्कीका लागि मोटरसाइकल खरिद गर्न पाँच लाख ३२ हजार, यातायात व्यवस्था कार्यालय धनगढीका लागि जिप/कार खरिद गर्न ४१ लाख ८० हजार तथा मोटरसाइकलका लागि थप पाँच लाख ३२ हजार विनियोजन गरेको छ।

यस्तै, मन्त्रालयले जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय डोटीका लागि बोलेरो खरिद गर्न २४ लाख ३२ हजार रुपैयाँ विनियोजन गरेको छ।
 

सामाजिक विकास मन्त्रालयमा १ करोड ५६ लाख
प्रदेशको सामाजिक विकास मन्त्रालयले सवारी साधन खरिद गर्न एक करोड ५६ लाख २० हजार बजेट विनियोजन गरेको छ। मन्त्रालयले चार पाङ्ग्रे सवारी साधनका लागि ५२ लाख, शिक्षा निर्देशनलायको पिकअप गाडीका लागि ३४ लाख २० हजार, प्रदेश युवा परिषद्को गाडीका लागि ५२ लाख बजेट विनियोजन गरेको छ। 

यसैगरी, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका लागि मोटरसाइक खरिद गर्न दुई लाख ६६ हजार, प्रदेश युवा परिषद्का लागि स्कुटर खरिद गर्न तीन लाख ५० हजार, जिल्ला अस्पताल बैतडीका लागि मोटरसाइकल खरिद गर्न दुई लाख ६६ हजार, जोगबुडा अस्पतालका लागि मोटरसाइकल खरिद गर्न दुई लाख ६६ हजार, बयलपाटा अस्पतालका लागि गाडी खरिद गर्न एक लाख १४ हजार (त्रुटि भएको हुन सक्ने) जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डोटीका लागि स्कुटर खरिद गर्न दुई लाख २८ हजार तथा आयुर्वेद स्वास्थ्य केन्द्र कञ्चनपुर, बाजुरा र बझाङका लागि दुई लाख ६६ हजारका दरले ७ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको छ।

सरकारले यो पटक स्वास्थ्य तालिम केन्द्र धनगढीका लागि मोटरसाइकल खरिद गर्न पाँच लाख ३२ हजार तथा प्रदेश योजना आयोगका लागि सवारी साधन खरिद गर्न ४१ लाख ८० हजार विनियोन गरेको पाइएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस