सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको दानसाँघु खोलामा बेलिब्रिज निर्माण भएपछि आउजाउमा सहज

२०८३ असार ६, ०४:०५ खबर संवाददाता

बाजुराः बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका–२ को दानसाँघु खोलामा बेलिब्रिज पुल निर्माण भएपछि आउजाउमा सहज भएको छ।

मार्तडी–कोल्टी सडक सञ्चालन भएको करिब १० वर्ष भए पनि दानसाँघु खोलामा पक्की पुल निर्माण नहुँदा यहाँ चल्ने सबै सवारीसाधनलाई बर्खामा खोला तर्न समस्या हुने गरेको थियो ।

अहिले सडक डिभिजन कार्यालय अछामले बडीमालिका नगरपालिकाको जडाङ्गाखोलामा रहेको बेलिब्रिज पुललाई यहाँ ल्याएर राखेसँगै अहिले सवारीसाधान  आउजाउमा  निकै सहज भएको छ । 

खोलामा पुल निर्माण भएपछि बर्खाको समयमा पनि गाडी मार्तडीबाट सिधै कोल्टीसम्म पुग्ने गरेका र बाउलीखोलाको निर्माणाधीन पुल पनि छिट्टै सम्पन्न भइदिए मार्तडीबाट कोल्टीसम्म गाडी निरन्तर सञ्चालन हुने जिपचालक रामबहादुर कार्कीले बताए। 

सडक डिभिजन कार्यालय अछामले गडाङ्गाखोलाको पुल दानसाँघुखोलामा ल्याएर निर्माण गरेपछि अहिलेको बर्खाको समयमा सवारीसाधनको आउजाउमा सहज भएको उनले बताए।     
 

कमेन्ट लोड गर्नुस