बैतडीको सुर्नया गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा
बैतडी: बैतडीको सुर्नया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ।
गाउँपालिकाभरीका खोप पाउनुपर्ने उमेरका सबै बालबालिकाहरुले खोप पाएको सुनिश्चित भएपछि शनिबार एक कार्यक्रमकाबीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो। गाउँपालिकाभित्रका जन्मेदेखि १५ महिनासम्मका ३ सय २२, १६ महिनादेखि २३ महिनासम्मका १ सय ८७ र २४ महिनादेखि ५९ महिनासम्मका ९ सय ६ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको एकीन भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए।
राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुलाई बिसिजी, डिपीटी, हेबबि हिब, पिसीभी, पोलियो, रोटा, एफआइपीभी, पेन्टाभ्यालेन्ट, एमआर, जेइ लगायतका खोपहरु लगाउने गरिएको छ। गाउँपालिकाका ८ ओटै वडा पूर्ण खोप सुनिश्चित घोषणा भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।