कञ्चनपुरको भीमदत्त नगरपालिकाकी वडासदस्य रुपा जैरु अबैध इन्जेक्सनसहित पक्राउ
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकाकी वडासदस्य रुपा जैरु अबैध इन्जेक्सनसहित पक्राउ परेकी छिन्।
भीमदत्त नगरपालिका-१८ कटान स्थित लागू औषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले गौरा मन्दिर टोल बस्ने भीमदत्त नगरपालिका-१८ की वडा सदस्य रुपा जैरुलाई आइतवार विभिन्न किसिमका इन्जेक्सनसहित पक्राउ गरेको हो।
जैरुलाई खानतलासी गर्दा उनले आफ्नो दाहीने कोखीमुनी कालो प्लाष्टिकको पोकामा लुकाइ राखेको प्रोमेथोजिन हाइड्रोक्लोराइड इंजेक्शन १५ एम्पुल र बुप्रेनोर्फिन हाइड्रोक्लोराइड इन्जेक्शन १५ एम्पुल गरी ३० एम्पुलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अिधकारी तथा प्रहरी नायव उपरीक्षक टेकबहादर रावतले जानकारी दिए। जैरुमाथि आवश्यक अनुसन्धान भईरहेको रावतले बताए।