सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ७ जना जुवाडे पक्राउ

२०८३ असार ९, ०७:१५ खबर संवाददाता

अछामः अछाममा ७ जना जुवाडे पक्राउ परेका छन्।

अछामको साँफेबगर नगरपालिका–५ घर भई सोही नगरपालिका–४ छिपेखोला स्थित ४८ वर्षीय चक्र चाडले सञ्चालन गरेको अस्मिता होटलबाट जुवातास खेलिरहेको अवस्थामा सञ्चालक चक्र चाडसहित ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

जुवातास खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय साँफेबगर, अछामबाट खटिएको प्रहरीले सातै जनालाई नगद २९ हजार ६७० र ३ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस