सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपा सदस्य ५ लाख २३ हजार ४६५, महिला १७ प्रतिशत मात्रै

२०८३ असार ९, ०५:३५ खबर संवाददाता

काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ रहेको छ ।

चितवनमा जारी प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गरेका छन् । जसअनुसार पुरुष सदस्यको संख्या ३ लाख ९६ हजार ७८९ रहेको छ भने महिलाको संख्या ८९ हजार ८९६ रहेको छ ।

अन्य ५८८ जना रहेका छन् । लैंगिकता थाहा नभएको वा नखुलाउनेको संख्या ३६ हजार १९२ रहेको छ ।

प्रतिशतका हिसाबले यो सदस्य संख्यामा पुरुष ७५.८ प्रतिशत, महिलाको प्रतिशत १७.२ प्रतिशत हो । अन्य ०.१ र नखुलाएकोमा ६.९ प्रतिशत रहेको छ ।
रास्वपाको प्रथम महाधिवेशन चितवनमा जारी छ। प्रतिवेदनहरू पेस भइसकेपछि सभापति र केन्द्रीय सदस्यका लागि निर्वाचन प्रकृया सुरु हुनेछ ।

९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । निर्वाचित हुने ९९ जनामा ७ प्रदेशबाट ५/५ जना अनिवार्य हुने छन् भने प्रदेशमा ५ जना चयन हुँदा २ महिला हुनेछन् । अन्य ६४ पदमा खुला प्रतिस्पर्धा हुनेछ ।

पार्टीको केन्द्रीय सभापति र ९९ केन्द्रीय सदस्य चयन भएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको लागि निर्वाचन हुनेछ ।
 

कमेन्ट लोड गर्नुस