सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

२०८३ असार १०, ०८:२९ रासस

चितवनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका छन्।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ। उनले भने, “एकिन सङ्ख्या निकाल्दै छौँ, चार सयभन्दा बढीको उम्मेद्वारी परेको छ। आज बिहान ९ः०० बजे नामावली प्रकाशन गरिनेछ।”

निर्वाचित ९९ जना मध्येबाट पदाधिकारी चयन गरिने छ। पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ। मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिने छ। विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन्। मतदान गर्ने चार हजार हाराहारी प्रतिनिधि छन्। 

कमेन्ट लोड गर्नुस