सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा विद्यालयबाट समयअघि छुटेकी ६ वर्षीया बालिका बेपत्ता

२०८३ असार १७, १०:०८ खबर संवाददाता

धनगढीः कैलालीमा विद्यालयबाट निर्धारित समय अगावै छुटेकी एक बालिका बेपत्ता भएकी छन्। लम्कीचुहा नगरपालिका–१ स्थित जनचेतना प्राथमिक विद्यालयमा नर्सरीमा अध्ययनरत ६ वर्षीया मनिषा बिक मंगलबारदेखि सम्पर्कविहीन भएकी हुन्।

वडा नम्बर ४ निवासी मनिषालाई बिहान करिब ७ बजे उनकी हजुरआमाले विद्यालय पुर्‍याएकी थिइन्। विद्यालयको नियमित बिदा समय ११ बजे भए पनि मंगलबार भने ९ बजे नै बिदा भएको थियो। हजुरआमा ११ बजे मात्र विद्यालय लिन आउँदा मनिषा विद्यालयमा भेटिनन्।

बालिका बेपत्ता भएपछि खोजी कार्य तीव्र पारिएको छ। प्रारम्भिक रूपमा उनी नदीमा डुबेको आशंका गरिएको छ। मनिषालाई कतै देखे वा भेटेमा नजिकको प्रहरी चौकीमा खबर गरिदिन परिवारले अनुरोध गरेको छ।

कमेन्ट लोड गर्नुस