सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा चट्याङ लागेर चार जना घाइते

२०८३ असार २१, ०७:१५ खबर संवाददाता

अछाम: अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन्। पञ्चदेवल विनायक नगरपालिका–८ को गनिउलेमा शुक्रबार साँझ चट्याङ लाग्दा चार जना घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले घाइते चार जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिए। उनकाअनुसार जैसरा मिजार, कर्ण मिजार, शेरे मिजार र मना कसेरा मिजारको अस्पतालमा उपचार भइरहेको छ। उनीहरू बाहेक अन्य चार जना पनि चट्याङ लागेर सामान्य घाइते भएका छन्। उनीहरू भने घरमै छन्।

कमेन्ट लोड गर्नुस