सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा थुनुवा फरार प्रकरणमा पाँच सदस्यीय छानबिन समिति गठन, प्रहरी जवान निलम्बित

२०८३ असार २३, ११:३८ खबर संवाददाता

धनगढीः कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट लागूऔषध मुद्दाका थुनुवा फरार भएको घटनामा छानबिन समिति गठन गरिएको छ। घटनाको छानबिनका लागि डिएसपी योगेन्द्र तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको हो।

आइतबार राति लागूऔषध मुद्दामा पक्राउ परेका थुनुवा संजय नगार्जी हिरासतबाट फरार भएका थिए। उक्त घटनापछि ड्युटीमा रहेका प्रहरी जवान ललि भण्डारीलाई निलम्बन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फरार थुनुवा संजय नगार्जीको खोजी कार्य तीव्र पारिएको छ भने छानबिन समितिले घटनामा लापरबाही वा कमजोरी भए–नभएको विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ।

कमेन्ट लोड गर्नुस