सुनको मूल्य नौ सयले घट्यो
काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। मङ्गलबारको तुलनामा सुन तोलामा रु ९०० र चाँदी रु ५५ ले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु दुई लाख ८७ हजार १०० तथा त्यति नै परिमाणको सेतो धातु (चाँदी)को मूल्य रु चार हजार ५०० कायम भएको छ।
मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५५५ प्रतितोला भएको थियो।