विना इजाजत वन पैदावार हटायो तथा ओसारपोसार मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ
२०८३ असार २५, ०७:१६
कञ्चनपुरः विना इजाजत वन पैदावार हटायो तथा ओसारपोसार मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०७४ भदौ २० गतेको फैसलाले विना इजाजत वन पैदावार हटायो तथा ओसारपोसार गरेको मुद्दामा १० महिना कैद सजाय तोकिएको पुनर्वास नगरपालिका–२ बस्ने ४२ वर्षीय जय राम चौधरी पक्राउ परेका हुन्। चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरीले वुधबार निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस