सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ

२०८३ असार २५, ०८:०५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१८ भगतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ४० मिलिग्रामसहित २ जनालाई वुधबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय कमल दमाई र २२ वर्षीय शाहिल दमाई रहेका छन्। वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरीले कमल दमाईको घर कोठा भित्र लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला पारि दुवै जनालाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएके छ।

यसैगरी भीमदत्त नगरपालिका–४ बजारबाट नियन्त्रित लागूऔषध डाइजापाम एम्पुल थान–२, ब्रोफिन नाफडा एम्पुल थान–८, फेनारगन एम्पुल थान–८ र सिरिन्ज थान–३ सहित बेतकोट नगरपालिका–१ पिपलथला घर भइ हाल भीमदत्त नगरपालिका–४ बजार स्थित कोठा गरि बस्ने २२ वर्षीय गोबिन्दबहादुर साँउदलाइ वुधबार वेलुकी प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरीले निजको कोठा खानतलासी गर्दा उक्त नियन्त्रित लागूऔषध फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस