कञ्चनपुरबाट खैरो हेरोइनसहित तीन जना पक्राउ
कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोकबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
शनिबार राति वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्ने क्रममा ५२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको हो।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय आदित्य खुना, २७ वर्षीय ज्ञानु खुना तथा बेदकोट नगरपालिका–५ का सुनिल खुना रहेका छन्।
प्रहरीले बरामद लागूऔषधसहित तीनै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।