बाजुरामा ओढारबाट बेवारिसे भरुवा बन्दुक बरामद
बाजुरा: बाजुराको बडिमालिका नगरपालिका–१ स्थित पाटा सामुदायिक वनभित्र रहेको एक ओढारबाट प्रहरीले बेवारिसे अवस्थामा लुकाएर राखिएको भरुवा बन्दुक बरामद गरेको छ।
शनिबार दिउँसो विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ओढारमा लुकाइछिपाइ राखिएको एक नाल भरुवा बन्दुक फेला पारेको हो।
प्रहरीले बरामद गरिएको बन्दुक कसले र किन त्यहाँ लुकाएर राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।