सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र भजनीबाट ४ जना युवा युवती लागूऔषधसहित पक्राउ

२०८३ असार ३१, ०८:१५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी र भजनीबाट ४ जना युवा युवती लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–५ बाल्मिकी स्कुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन १२९ मिलिग्रामसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा जिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिका–३ घर भई हाल जिल्ला कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित डेरा गरी बस्ने २६ वर्षीय गौरव चन्द, भीमदत्त नगरपालिका–६ बस्ने ३२ वर्षीय प्रकाश आउजी र बेदकोट नगरपालिका–५ घर भई हाल धनगढी उपमहानगरपालिका–१ स्थित डेरा गरी बस्ने २२ वर्षकी खुस्बु धानुक रहेका छन्।

तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

 यसैगरी भजनी नगरपालिका–८ कांडापुलबाट अवैध लागूऔषध खैरो हेरोइन ८७० मिलिग्रामसहित टीकापुर नगरपालिका–१ सक्तिनगर सिबिर बस्ने २७ वर्षीय भिखु चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरीले साइकलमा यात्रा गरिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस