सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी कारागारबाट फरार भएका एक कैदी पक्राउ

२०८३ असार ३२, १२:०० खबर संवाददाता

धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी कारागारबाट जेन्जी आन्दोलनका क्रममा फरार भएका एक जना कैदीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय सडकपुर कैलालीबाट खटिएको प्रहरीले टोलीले बर्दगोरिया-२ का ३१ वर्षीय राधेश्याम चौधरीलाई बुधवार प्रकाउ गरेको हो। चौधरीलाई प्रहरी टोलीले जिल्लाको लम्कीचुहा नगरपालिका-१० स्थित पिपरहवाबाट नियन्त्रणमा लिएको हो।

चौधरीलाई प्रकाउ गरी कारागार चलान गरेको प्रहरीले जनाएको छ।


 

कमेन्ट लोड गर्नुस