सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्कुल बस दुर्घटना हुंदा २१ जनाको मृत्यु

२०८३ साउन १, ०२:२१ रासस

पूर्वी युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना स्कुले बालबालिका सहित कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ ।

ट्राफिक र सडक सुरक्षा निर्देशनालयका प्रवक्ता माइकल कानानुराले विज्ञप्ति जारी गर्दै  युगान्डाको राजधानी कम्पालाको किङ डेभिड जुनियर स्कुलका विद्यार्थी बोकेको बस काप्चोर्वा जिल्लाको चेकवाटित गाउँमा दुर्घटना भएको बताउनुभएको छ ।

प्रारम्भिक अनुसन्धानले विद्यार्थीलाई कप्चोर्वाको सिपी फल्सको शैक्षिक भ्रमणमा लगिएको  अवस्थामा दुर्घटना भएको जनाइएको छ  ।

भ्रमणबाट फर्कने क्रममा ड्राइभरले गाडीको नियन्त्रण गुमाउदा गाडी सडकबाट चिप्लिएर सडक किनारको ठूलो ढुङ्गामा ठोक्किदा भएको दुर्घटनामा ठुलो मावविय क्षति भएको कानानुराले पुष्टि गर्नु भएको छ । 

दुर्घटनाको वास्तविक कारण बारे थाहा पाउनको लागि प्रहरीले अनुसन्धान सुरु गरिसकेको बताइएको छ ।
 

कमेन्ट लोड गर्नुस