सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका २ जना खैरो हेरोइनसहित पक्राउ

२०८३ साउन ४, ०८:३३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका २ जना खैरो हेरोइनसहित पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–३ फिस रिसोर्ट नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन ५० मिलिग्रामसहित २ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय कृष्ण चौधरी र १९ वर्षीय सुशिल घर्तीमगर रहेका छन्। प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको जनाएको छ।
 
 

कमेन्ट लोड गर्नुस