सुदूर नेपाललाई विश्वसँग जोड्दै

भत्ता लिएर फर्किरहेका एक बृद्धको खोलाले बगाउंदा मृत्यु

२०८३ साउन ४, ०६:०२ खबर संवाददाता

काभ्रेपलाञ्चोकः रोशी खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ ।

आफनो वृद्ध भत्ता लिन कटुन्जेमा रहेको सिद्धार्थ बैकमा पुगेर फर्कने क्रममा रोशी गाउँपालिका–७ कटुञ्जेबेँसीका ७५ वर्षीय मोतिमान पाख्रिनलाई रोशी खोलाले बगाउँदा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सोमबार दिउँसो रोशी गाउँपालिका–७ स्थित रोशी खोला तर्ने क्रममा पाख्रिन बगेका थिए ।

स्थानीयबाट खोलाले मानिस बगाएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी कटुञ्जेबेँसी र इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीले खोजी तथा उद्धार कार्य थालेको थियो ।

खोजीका क्रममा पाख्रिनलाई रोशी गाउँपालिका–८ गिम्दीबेँसीस्थित रोशी खोलाको किनारमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस