सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा बृहत् सरसफाइ कार्यक्रम हुने
धनगढीः सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विश्वविद्यालय परिसरमा बृहत् सरसफाइ कार्यक्रम आयोजना गर्ने भएको छ।
समितिका अनुसार साउन ६ गते बुधबार बिहान ७:३० बजे सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्राङ्गणमा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ।
विश्वविद्यालय स्थापनाको अभियानलाई थप सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीयवासी, सरोकारवाला निकाय, विभिन्न संघ–संस्था तथा अभियानमा आबद्ध सबैलाई सहभागी हुन समितिले आग्रह गरेको छ।
संघर्ष समितिले विश्वविद्यालय परिसरको सरसफाइसँगै अभियानप्रति ऐक्यबद्धता जनाउन सबैको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।
सोमवार मात्रै विश्वविद्यालयले विश्वविद्यालय परिसरमा सरसफाइका लागि सार्वजनिक सूचना सम्प्रेशण गरेको थियो। विश्वविद्यलयको आग्रहरलाई मध्यनजर गरेर सरसफाइ गरिन लागेको हो।