सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ब्राउन सुगरसहित तीन भारतीय पक्राउ

२०८३ साउन ६, ०७:५६ खबर संवाददाता

धनगढी: धनगढीमा ब्राउन सुगरसहित तीन जना भारतीय पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरू मङ्गलवार साँझ पौने ६ बजे एक ग्राम ९ मिलिग्राम खैरो हिरोइन धनगढी-६ केआई सिंह चोकबाट प्रकाउ परेका हुन्।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको लखिमपुर खिरी घर भएका २४ वर्षीय सलमान खान, २५ वर्षीय जहिद अली र २१ वर्षीय महोम्मद असलम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस