धनगढी ५ हसनपुरका पदम राज पनेरुले गरे कपडा सहयोग
२०८३ साउन ६, ०२:००
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी ५ हसनपुरका पदम राज पनेरु द्वारा ३८ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस