बालुवाटार बाहिर विरोध प्रदर्शन गर्न पुगेका बिनु र निहारिका पक्राउ
धनगढी: प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर विरोध प्रदर्शन गर्न पुगेका बिनु यादव र निहारिका राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले जनाएको अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सवारी हुने समयमा दुवै जना कालो कपडा लगाएर विरोध जनाउन बालुवाटार पुगेका थिए।
बिनु यादवले जबरजस्ती करणीसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान कमजोर बनाएको र मिलाउन खोजेको आरोप लगाउँदै त्यसमा संलग्न प्रहरीमाथि कारबाहीको माग गर्दै आन्दोलन गरिरहेकी छन्।
यस्तै, निहारिका राजपूतले श्रीमानबाट आफूले निरन्तर कुटपिट र यातना भोग्दै आएको भन्दै आफ्नो गुनासो सरकारसमक्ष पुर्याउन आन्दोलन गरिरहेकी छन्।
यसअघि पनि यादव र राजपूतले गृहमन्त्री सुधन गुरूङसँग भेट्न समय माग गर्दै सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि प्रदर्शन गरेका थिए।