सुदूर नेपाललाई विश्वसँग जोड्दै

सप्तरीमा ३ हजार किलोभन्दा बढी गाँजा बरामद, तीन सवारीसाधन नियन्त्रणमा

२०८३ साउन ७, ०१:५१ खबर संवाददाता

सप्तरी: सप्तरीमा ३ हजार ३३२.४६० किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार तिलाठी कोइलाडी गाउँपालिका–५ क्षेत्रमा हनुमाननगरबाट रामपुर मल्हनियातर्फ जाँदै गरेका तीनवटा सवारीसाधनबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो।

प्रहरीले बा.प्र.०१–०२५ च ०४३६ नम्बरको स्कर्पियोबाट १९ बोरामा रहेको ५२३.६४० किलोग्राम, प्र १–०४–००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरामा रहेको १ हजार ६६८.११० किलोग्राम तथा बा.प्र.०१–०२९ च ९५८६ नम्बरको अर्को पिकअपबाट ३३ बोरामा रहेको १ हजार १७०.७१० किलोग्राम गाँजा बरामद गरेको जनाएको छ।

घटनामा प्रयोग भएका तीनवटै सवारीसाधन नियन्त्रणमा लिइएको छ। सवारीसाधनका चालकहरू भने फरार रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस