कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
कञ्चनपुरको विभिन्न स्थान भीमदत्त नगरपालिका–११ भुजेला र बेलौरी नगरपालिका–१ खल्लाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ५ हजार ७ सय बराबरको सामान बरामद गरिएको छ। भन्सार छलीको पेय पदार्थ, माबाईल कभर, विउविजन, फलफुल, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामान विहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ।