सुदूर नेपाललाई विश्वसँग जोड्दै

डाक्टर केसीसँग वार्ता गर्न पिएमका सल्लाहकार र स्वास्थ्य सचिव धनगढीका लागि उडे

२०८३ साउन १०, ०९:२२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा अनशन बसेका डाक्टर गोविन्द केसीसँग वार्ता गर्न स्वास्थ्य सचिव र प्रधानमन्त्रीका स्कास्थ्य सल्लाहकार डाक्टर जगदीशप्रसाद अग्रवाल उर्फ जेपी अग्रवाल अहिले धनगढी आउँदै छन्।

वुद्ध एयरको बिएचए २५१ उडानबाट उनीहरू धनगढी आउन लागेका हुन्। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा बिहान ८ बजेको उडानबाट धनगढी आउन लागेका छन्।

डाक्टर केसीसँग वार्ता गर्न शनिबार नै शिक्षा सचिव धनगढी पुगेका छन्। शिक्षा सचिव चूडामणि पौडेलले हिजो नै सेती प्रादेशिक अस्पतालको आइसियू कक्षमा पुगेर डाक्टर केसीलाई भेटेका थिए।

कमेन्ट लोड गर्नुस