सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ब्राउन सुगर, जरायोको सिङ र नगदसहित एक युवक पक्राउ

२०८३ साउन ११, ०७:२२ खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषध ब्राउन सुगर, जरायोको सिङ र नगदसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतवार राति ८ः४० बजेको समयमा गोप्य सूचनाका आधारमा धनगढी उपमहानगरपालिका १ शान्तिनगर बस्ने २३ वर्षीय कुवेर पार्कीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्र बहादुर चन्द, लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढीबाट प्रहरी सहायक निरीक्षक मदन उपाध्याय र अस्थायी प्रहरी पोस्ट शान्तिनगरबाट प्रहरी सहायक निरीक्षक दिपबहादुर रावलको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले पार्कीको घरमा चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा लागूऔषध ब्राउन सुगर १ ग्राम ३ मिलिग्राम, जरायोको १ थान सिङ, नगद ३५ हजार ८६० रुपैँया फेला पारी बरामद गरी पार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेर थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस