सुदूर नेपाललाई विश्वसँग जोड्दै

तोलामा ४ हजार ३ सयले घट्यो सुनको मूल्य

२०८३ साउन १२, १२:०९ खबर संवाददाता

काठमाडौँः नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेर २ लाख ८४ हजार २ सय रुपैयाँ कायम भएको छ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने गत मंगलबार यसको मूल्य २ लाख ८५ हजार ६ सय रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला ४ हजार ४४५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार १३५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँमा झरेको महासंघले जनाएको छ। तुलनात्मक रूपमा, गत बिहीबार चाँदी प्रतितोला ४ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले सार्वजनिक गरेको पछिल्लो मूल्यसूचीअनुसार मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको हो।
 

कमेन्ट लोड गर्नुस