कञ्चनपुरबाट खैरो हेरोइन र विभिन्न एम्पुलसहित २ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइन र विभिन्न एम्पुलसहित २ जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–११ होल्डिङ सेन्टर भीमदत्त नगरपालिका–१८ कटान बस्ने ३१ वर्षीय प्रदिप नाथले चलाएको म २ प ४२६७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनको साथबाट ३८ पिस ब्युप्रेनोर्फिन हाइड्रोक्लोराइड र ३४ पिस प्रोमेथाजिन हाइड्रोक्लोराइड गरी जम्मा ७२ पिस एम्पुलसहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले मोटरसाइकल र उक्त पदार्थसहित नाथलाई पक्राउ गरेको छ।
यसैगरि, भीमदत्त नगरपालिका–७ बैद्यनाथबाट अवैध लागूऔषध खैरोहेरोइन २ ग्राम ३० मिलिग्रामसहित हल्दुखाल बस्ने २२ वर्षीय निशान्त चन्दलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध व्युरो महेन्द्रनगर, कञ्चनपुरबाट संयक्त खटिएको प्रहरीले चन्दलाई उक्त पदार्थसहित पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।