मतदान गर्ने उमेर १८ बाट १६ वर्षमा झार्न रास्वपा सांसद बुर्लाकोटीको प्रस्ताव
काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कवीन्द्र बुर्लाकोटीले मतदान गर्ने न्यूनतम उमेर १८ वर्षबाट घटाएर १६ वर्ष कायम गर्न प्रस्ताव गरेका छन्।
बुधबार प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुरको संसदीय सुनुवाइका क्रममा सांसद बुर्लाकोटीले हाल १८ वर्ष पुगेपछि प्रदान गरिने मतदानको अधिकार दुई वर्ष घटाएर १६ वर्षमा उपलब्ध गराउनुपर्ने धारणा राखेका हुन्।
उनले युवाको राजनीतिक सहभागिता र लोकतान्त्रिक प्रक्रियामा उनीहरूको सक्रियता बढाउन मतदानको उमेर घटाउने विषयमा आवश्यक बहस हुनुपर्ने पनि बताएका छन्।
बुर्लाकोटीको प्रस्तावबारे सुनुवाइ समितिमा छलफल भएको भए पनि यस सम्बन्धमा कुनै निर्णय भने भएको छैन।