नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौँ: धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव २९ अङ्कले घटेर दुई हजार ६७२ दशमलव ५८ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३१ अङ्कले घटेर ४६७ दशमलव ६९ पुगेको छ। त्यस्तै फ्लोट सूचक शून्य दशमलव ९७ अङ्कले घटेर १८३ दशमलव ५९ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शूल्य दशमलव ७७ अङ्कले घटेर १५८ दशमलव ५० मा पुगेको छ।
आज विभिन्न कम्पनीका ७५ लाख ४८ हजार ५९१ कित्ता सेयर रु तीन अर्ब ३८ करोड १३ लाख १८ हजार २४८ मूल्यमा खरिद बिक्री भएको छ। आज १३ उपसमूहमध्ये आज १३ वटै उपसमूह घटेका छन्। आज ५९ कम्पनीको सेयर बढ्यो भने २०६ कम्पनीको सेयर घट्यो। त्यसैगरी ११ कम्पनीको सेयर स्थिर रह्यो।
नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी, सुभम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन्। त्यस्तैगरी कालिञ्चोक हाइड्रोपावर कम्पनी, कर्पाेरेट डेभलपमेन्ट बैंक र सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन्।