सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ५६ हजारभन्दा बढीका भन्सार छलिका सामान बरामद

२०८३ साउन १६, १२:५५ खबर संवाददाता

कैलाली: कैलाली जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएका अन्दाजी मूल्य रु. ५६ हजार ४०० बराबरका पेय पदार्थ, चिनी, प्लास्टिक झिल्ली लगायतका सामान प्रहरीले बरामद गरेको छ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस