कैलालीबाट एकै दिन लागूऔषधसहित ७ जना पक्राउ
धनगढीः कैलालीबाट एकै दिन लागूऔषधसहित ७ जना पक्राउ परेका छन्।
जिल्लाको कैलाली गोदावरी नगरपालिका–९ सेहरी स्थित भित्री सडक खण्डबाट लागूऔषध खैरो हेरोइन २ ग्राम ५६० मिलिग्राम र नगद ३५ हजार तिन सयसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका–८ “झ” गाँउ बस्ने ३० वर्षीय अशोक चौधरी र २४ वर्षीय दिपक चौधरी रहेका छन्। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ।
यसैगरी, धनगढी उपमहानगरपालिका–१० घुँइयाघाटबाट अवैध लागूऔषध खैरो हेरोइन १७१ मिलिग्रामसहित सोही ठाउँ बस्ने ३०वर्षीय सञ्जय रानलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थसहित पक्राउ गरेको छ।
यसैगरी, टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम ३५० मिलिग्राम सहित जिल्ला बर्दिया, राजापुर नगरपालिका–५ पाहाडीपुर बस्ने १८ वर्षीय २ जना किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थसहित दुबै किशोरलाई पक्राउ गरेको छ।
यसैगरी, जिल्ला कैलाली टीकापुर नगरपालिका–९ खक्रौला स्थित सत्ती भन्सार कार्यालय नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ ब्लक नम्बर–१० बस्ने ३१ वर्षीय हिमाल रावल र लम्कीचुहा नगरपालिका–३ बस्ने ४० वर्षीय राकेश गुरुङ रहेका छन्। इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।