सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा २ लाख ४६ हजारको अवैध सामान बरामद

एआई प्रविधि प्रयोग गरी निर्मित तस्विर
एआई प्रविधि प्रयोग गरी निर्मित तस्विर
२०८३ साउन १७, ०८:५३ खबर संवाददाता

धनगढीः कैलालीमा २ लाख ४६ हजारको अवैध सामान बरामद गरिएको छ।

जिल्लाको कैलारी गाउँपालिका–५ छोटिपलियाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य २ लाख ४६ हजार बराबरको सामान प्रहरीले बरामद गरेको हो। भन्सार छलीको सुटपिस, साडी, कुर्ति लगायतका
सामान शनिबार राति इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस