सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

२०८३ साउन २५, १२:१५ रासस

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु २००ले घटेर  रु तीन लाख एक हजार ५०० कायम भएको छ। हिजो आइतबार एक तोला सुन रु तीन लाख  लाख एक हजार ७०० मा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य प्रतितोला रु २५ ले बढेर रु चार हजार ६७० पुगेको छ। हिजो  एक तोला चाँदी रु चार हजार ६४५ मा किनबेच भएको थियो।  

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ३२२ र चाँदीको मूल्य प्रतिऔँस ६३ अमेरिकी डलर कायम भएको छ।

कमेन्ट लोड गर्नुस