सुदूर नेपाललाई विश्वसँग जोड्दै

जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी गरेको आरोपमा १ जना पक्राउ

२०८३ साउन २६, ०३:२५ खबर संवाददाता

बुटवलः जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा परामर्शदाता संस्थाका प्रमुख पक्राउ परेका छन्।

ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकीलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा २०८३ साउन २५ गते बुटवलबाट पक्राउ गरिएको हो।

बुढाथोकीले जापान पठाइदिने भन्दै ११५ जनाबाट कुल २ करोड ८० लाख रुपैयाँ रकम लिएको आरोप छ।

पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।

कमेन्ट लोड गर्नुस