सुदूर नेपाललाई विश्वसँग जोड्दै

जाँदाजाँदै मुख्यमन्त्री शाहले गरे ५२ कर्मचारीको सरुवा

२०८३ साउन २८, ०३:२८ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीले विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीको सरुवा तथा कामकाजसम्बन्धी निर्णय गरेको छ।

२०८३ साल साउन २८ गतेको निर्णयअनुसार कृषि, प्रशासन, इन्जिनियरिङ, स्वास्थ्य, वन तथा अन्य सेवाका कर्मचारीहरूको सरुवा, काज तथा थप जिम्मेवारी तोकिएको विवरण सार्वजनिक भएको हो। उपलब्ध विवरणअनुसार ५२ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ।

निर्णयअनुसार कृषि सेवातर्फ शशि शेखर विष्टलाई सुख्खा फलफूल विकास केन्द्र, बैतडीबाट कृषि ज्ञान केन्द्र, डोटीमा सरुवा गरिएको छ। त्यस्तै ज्ञानराज कँडेललाई कृषि विकास निर्देशनालय, दिपायलबाट कृषि ज्ञान केन्द्र, बझाङमा तथा सन्तोष न्यौपानेलाई कृषि विकास निर्देशनालय, दिपायलबाट कृषि ज्ञान केन्द्र, बैतडीमा सरुवा गरिएको छ। हरिशबहादुर विष्टलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, धनगढीबाट कृषि ज्ञान केन्द्र, बाजुरामा पठाइएको छ।

प्रशासन सेवातर्फ पनि प्रदेशका विभिन्न मन्त्रालय तथा कार्यालयमा व्यापक हेरफेर गरिएको छ। भोजराज जोशीलाई आर्थिक मामिला मन्त्रालयबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरुवा गरिएको छ भने कृष्णबहादुर शाहीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयमा काज गरिएको छ।

त्यस्तै लोकेन्द्र रावतलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काज गरिएको छ। प्रदेशका विभिन्न जिल्लास्थित स्वास्थ्य, पूर्वाधार, खानेपानी, वन, उद्योग तथा यातायातसम्बन्धी कार्यालयमा कार्यरत कर्मचारीहरूको समेत सरुवा गरिएको विवरणमा उल्लेख छ।

इन्जिनियरिङ सेवातर्फ डम्बर धिताललाई कैलालीस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयबाट डोटीमा सरुवा गरिएको छ। दीपक नेगीलाई पूर्वाधार विकास कार्यालय, कैलालीबाट बैतडी तथा संगित रोकायालाई बैतडीबाट कैलाली सरुवा गरिएको छ।

स्वास्थ्य सेवातर्फ सीमा शर्मालाई स्वास्थ्य निर्देशनालय, डोटीबाट जोगबुढा प्रादेशिक अस्पताल, डडेल्धुरामा सरुवा गरिएको छ। प्रशासन सेवाका विभिन्न तहका कर्मचारीलाई कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, बाजुरा, अछामलगायत जिल्लाका कार्यालयमा जिम्मेवारी तोकिएको छ।

निर्णयमा कतिपय कर्मचारीलाई सरुवा मात्र नभई काज, थप जिम्मेवारी, दरबन्दी मिलान तथा पदस्थापन समेत गरिएको छ। यसबाट प्रदेश सरकारका विभिन्न मन्त्रालय, निर्देशनालय तथा जिल्लास्थित कार्यालयको जनशक्ति व्यवस्थापनमा फेरबदल भएको छ।

प्रदेश सरकारको उक्त निर्णयले प्रशासनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन कार्यालयगत जनशक्ति व्यवस्थापनमा नयाँ संयोजन गरेको देखिन्छ। यद्यपि सरुवा भएका कर्मचारीले नयाँ जिम्मेवारी सम्हाल्ने मिति तथा कार्यान्वयनसम्बन्धी थप विवरण सम्बन्धित कार्यालयबाट स्पष्ट हुने देखिन्छ।

सरुवा तथा जिम्मेवारी हेरफेर हुने कर्मचारीको विवरण यस्तो छ:
१. शशि शेखर विष्ट — सुख्खा फलफूल विकास केन्द्र, बैतडीबाट कृषि ज्ञान केन्द्र, डोटीमा सरुवा।

२. ज्ञानराज कँडेल — कृषि विकास निर्देशनालय, दिपायलबाट कृषि ज्ञान केन्द्र, बझाङमा सरुवा।

३. सुशिल न्यौपाने — कृषि विकास निर्देशनालय, दिपायलबाट कृषि ज्ञान केन्द्र, बैतडीमा सरुवा।

४. हरिशबहादुर विष्ट — भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, धनगढीबाट कृषि ज्ञान केन्द्र, बाजुरामा सरुवा।

५. भोजराज जोशी — आर्थिक मामिला मन्त्रालय, धनगढीबाट भौतिक पूर्वाधार विकास मन्त्रालय, धनगढीमा सरुवा तथा थप जिम्मेवारी।

६. कृष्णबहादुर शाही — मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कैलालीबाट आन्तरिक मामिला तथा कानून मन्त्रालय, कैलालीमा काज।

७. लोकेन्द्र रावत — आन्तरिक मामिला तथा कानून मन्त्रालय, कैलालीबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कैलालीमा काज तथा दरबन्दी मिलान/पदस्थापना।

८. डम्बर धिताल — जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कैलालीबाट जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, डोटीमा सरुवा।

९. खेमराज रेग्मी — जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, बझाङबाट जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कैलालीमा थप जिम्मेवारीसहित शहरी विकास तथा भवन कार्यालय, कैलालीमा सरुवा।

१०. दीपक नेगी — पूर्वाधार विकास कार्यालय, कैलालीबाट पूर्वाधार विकास कार्यालय, बैतडीमा सरुवा।

११. संगित रोकाया — पूर्वाधार विकास कार्यालय, बैतडीबाट पूर्वाधार विकास कार्यालय, कैलालीमा सरुवा।

१२. सीमा शर्मा — स्वास्थ्य निर्देशनालय, डोटीबाट जोगबुढा प्रादेशिक अस्पताल, डडेल्धुरामा सरुवा।

१३. नरेन्द्रबहादुर चन्द — जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, बैतडीबाट पूर्वाधार विकास कार्यालय, कञ्चनपुरमा सरुवा।

१४. केशवराज भट्ट — स्वास्थ्य कार्यालय, बाजुराबाट स्वास्थ्य कार्यालय, कञ्चनपुरमा सरुवा।

१५. विष्णुदत्त भट्ट — यातायात व्यवस्था कार्यालय, डडेल्धुराबाट भौतिक पूर्वाधार विकास मन्त्रालय, धनगढीमा काज तथा सामाजिक विकास मन्त्रालय, धनगढीमा व्यावसायिक काज/सिप विकास तालिम केन्द्र, कञ्चनपुरमा सरुवा।

१६. हर्कराज भट्ट — भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र, डडेल्धुराबाट प्रदेश सभा सचिवालय, कैलालीमा काज तथा घरेलु तथा साना उद्योग कार्यालय, कञ्चनपुरमा सरुवा।

१७. गणेशदत्त जोशी — आर्थिक मामिला मन्त्रालय, धनगढीबाट जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कञ्चनपुरमा काज तथा सोही कार्यालयमा सरुवा।

१८. भवानीसिंह ऐडी — मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीबाट बीउविजन प्रयोगशाला, सुन्दरपुर, कञ्चनपुरमा सरुवा।

१९. अम्बादत्त जोशी — सामाजिक विकास कार्यालय, बाजुराबाट भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र, कञ्चनपुरमा सरुवा।

२०. आनसिंह डाँगा — प्रदेश सभा सचिवालय, धनगढीबाट डिभिजन वन कार्यालय, कञ्चनपुरमा सरुवा।

२१. सोफिया भट्ट — डिभिजन वन कार्यालय, कञ्चनपुरबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कैलालीमा काज तथा सहकारी रजिस्ट्रारको कार्यालय, धनगढीमा कामकाज।

२२. अर्जुनदेव भट्ट — बीउविजन प्रयोगशाला, सुन्दरपुर, कञ्चनपुरबाट वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गेटा, कैलालीमा सरुवा।

२३. श्यामप्रसाद जोशी — यातायात व्यवस्था कार्यालय, धनगढीबाट उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, धनगढीमा सरुवा।

२४. जन्मजय शाह — उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, धनगढीबाट घरेलु तथा साना उद्योग कार्यालय, बाजुरामा कामकाज।

२५. अम्बर सुनार — स्वास्थ्य कार्यालय, बझाङबाट खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कैलालीमा सरुवा।

२६. पूर्णानन्द भट्ट — खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कैलालीबाट भौतिक पूर्वाधार विकास मन्त्रालय, धनगढीमा सरुवा।

२७. पार्वतीकुमारी उपाध्याय — भौतिक पूर्वाधार विकास मन्त्रालय, धनगढीबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कैलालीमा काज तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनगढीमा कामकाज।

२८. चेतराज भट्ट — भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कैलालीबाट भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र, धनगढीमा काज तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कैलालीमा सरुवा।

२९. यज्ञराज भट्ट — पूर्वाधार विकास कार्यालय, अछामबाट जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कैलालीमा सरुवा।

३०. पुष्करबहादुर थापा — जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कैलालीबाट प्रदेश लोक सेवा आयोग, धनगढीमा सरुवा।

३१. बालाराम भट्ट — घरेलु तथा साना उद्योग कार्यालय, कैलालीबाट उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, धनगढीमा सरुवा।

३२. वीरबहादुर विष्ट — शिक्षा विकास निर्देशनालय, डोटीबाट सामाजिक विकास कार्यालय, डोटीमा काज तथा घरेलु तथा साना उद्योग कार्यालय, कैलालीमा सरुवा।

३३. मानसिंह साउँद — उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, धनगढीबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, धनगढीमा काज तथा सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय, धनगढीमा कामकाज।

३४. खगेन्द्र बुढा क्षेत्री — डिभिजन वन कार्यालय, बाजुराबाट डिभिजन वन कार्यालय, अछाममा सरुवा।

३५. दीपा अर्याल भट्टराई — भौतिक पूर्वाधार विकास मन्त्रालय, धनगढीबाट शहरी विकास तथा भवन कार्यालय, धनगढीमा सरुवा।

३६. रेखाकुमारी जोशी — प्रदेश सभा सचिवालय, धनगढीबाट उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, धनगढीमा सरुवा।

३७. खडकबहादुर बोहरा — मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीबाट स्वास्थ्य कार्यालय, कैलालीमा सरुवा।

३८. सुरज श्रेष्ठ — आर्थिक मामिला मन्त्रालय, धनगढीबाट यातायात व्यवस्था कार्यालय, कैलालीमा सरुवा।

३९. सूर्यप्रकाश सिंह — यातायात व्यवस्था कार्यालय, कैलालीमा कार्यरत; यातायात व्यवस्था सेवा कार्यालय, लम्कीमा काज/कामकाज।

४०. डम्बरबहादुर विष्ट — यातायात व्यवस्था कार्यालय, कैलालीबाट प्रदेश सभा सचिवालय, धनगढीमा सरुवा।

४१. लक्ष्मी साउँद — पथरैया–मोहनासिँचाइ व्यवस्थापन कार्यालय, धनगढीबाट प्रदेश लोक सेवा आयोग, धनगढीमा सरुवा।

४२. झपटबहादुर थापा — स्वास्थ्य कार्यालय, अछाममा थप जिम्मेवारीअन्तर्गत जिल्ला अस्पताल, अछाम; पथरैया–मोहनासिँचाइ व्यवस्थापन कार्यालय, धनगढीमा सरुवा।

४३. दामोदर जोशी — वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गेटाबाट सामाजिक विकास मन्त्रालय, कैलालीमा काज तथा प्रादेशिक आयुर्वेद चिकित्सालय, कैलालीमा सरुवा।

४४. नरेन्द्रबहादुर चन्द — भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, धनगढीमा दरबन्दी तथा सहकारी रजिस्ट्रारको कार्यालयमा कामकाजबाट जोगबुढा प्रादेशिक अस्पताल, डडेल्धुरामा सरुवा।

४५. उमेशकुमार पन्त — जिल्ला अस्पताल, डोटीबाट खानेपानी तथा सरसफाइ विकास डिभिजन कार्यालय, डोटीमा सरुवा।

४६. रामदत्त पन्त — यातायात व्यवस्था कार्यालय, कञ्चनपुरबाट आर्थिक मामिला मन्त्रालय, कैलालीमा काज तथा यातायात व्यवस्था सेवा कार्यालय, लम्कीमा सरुवा।

४७. रमेशकुमार चौधरी — उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, धनगढीबाट यातायात व्यवस्था कार्यालय, कैलालीमा सरुवा।

४८. कृष्णबहादुर नेपाली — पूर्वाधार विकास कार्यालय, डडेल्धुराबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा सरुवा।

४९. जनकसिंह बोहरा — मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कैलालीबाट स्वास्थ्य कार्यालय, दार्चुलामा कामकाज।

५०. हरिसिंह रावल — यातायात व्यवस्था कार्यालय, कञ्चनपुरबाट स्वास्थ्य कार्यालय, बैतडीमा सरुवा।

५१. भागीराम चौधरी — मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीबाट प्रदेश लेखा नियन्त्रक कार्यालय, धनगढीमा सरुवा।

५२. नरेन्द्रबहादुर चन्द — विविध सेवाअन्तर्गत कम्प्युटर अधिकृत, छैटौँ तह स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढी सरूवा

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस