सुदूर नेपाललाई विश्वसँग जोड्दै

एआई र सूचना प्रविधिको सही सदुपयोग गर्न ऊर्जामन्त्री श्रेष्ठको आग्रह

२०८३ साउन ३०, ०३:०३ खबर संवाददाता

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र गतिमा विस्तार भइरहेको कृत्रिम बौद्धिकता (एआई) तथा सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्।

महर्षि स्कुलले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले प्रविधिको तीव्र विकाससँगै बदलिँदो परिस्थितिअनुसार आफूलाई अनुकूलन गर्ने क्षमता विकास गर्नुपर्ने बताए।

उनले विशेषगरी १६ देखि २७ वर्ष उमेर समूहका युवामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको उल्लेख गर्दै यसको समाधानका लागि खुला संवाद र रचनात्मक गतिविधिमा युवाको सहभागिता बढाउनुपर्ने धारणा राखे।

युवा मन्त्रीका रूपमा आफूले पनि युवा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको उनले बताए।

कमेन्ट लोड गर्नुस