मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो
बैतडीः बैतडी पगेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई हेलिकप्टरमार्फत कैलालीको धनगढी ल्याइएको छ। उनलाई धनगढीबाट काठमाडौँ लगिने छ।
स्वास्थ्यमा समस्या आएपछि नेपाली सेनाको हेलिकप्टरबाट मन्त्री लम्साललाई धनगढी लगिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिइन्।
“स्वास्थ्यमा समस्या आएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उनलाई धनगढी लगिएको छ”, प्रजिअ अर्यालले भनिन्। मन्त्री लम्सालको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको राजमार्ग र पूर्वाधारको अवस्थाको निरीक्षण गर्न आएको हो। उनी दार्चुलाबाट फर्किएर बैतडीका विभिन्न क्षेत्र र बझाङ जाने कार्यक्रम तय भएको थियो।