सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा वनको ओढारमा भरुवा बन्दुक भेटियो

२०८३ भदौ ४, ०७:२७ खबर संवाददाता

बाजुराः बाजुराको गौमुल गाउँपालिका–६ बसलास्थित बरमाण्डौ सामुदायिक वनको एक ओढारबाट प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ।

बुधबार बिहान इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरी टोलीले ओढारमा लुकाइराखिएको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस