सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्य ह्वात्त बढ्यो

२०८३ भदौ ४, ०३:२८ रासस

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला रु नौ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १३ हजार ४०० कायम भएको छ। असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ८५५ निर्धारण भएको छ।

हिजो छापावाल सुन प्रतितोला रु तीन लाख चार हजार १०० र असली चाँदी प्रतितोला रु चार हजार ५९५ मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

कमेन्ट लोड गर्नुस