सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु 

२०८३ भदौ ६, ०१:२४ खबर संवाददाता

बैतडी– घाँस काट्ने क्रममा भीरबाट लडेर बैतडीकी एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको डिलाशैनी गाउँपालिका–४ नुवाकोट, तडीबटाकी ३० बर्षीया भागरथी सार्कीको शुक्रबार भीरबाट लडेर मृत्यु भएको वडा अध्यक्ष हरिदत्त पन्तले बताए । 

घर नजिकैको बीरापौड भन्ने भीरमा घाँस काट्न गएकी सार्कीको लडेर घटनास्थलमै मृत्यु भएको उनले बताए । उनी भीरबाट करीब ३ सय मिटर तल खसेकी थिइन् । मृतक सार्कीका दुई छोरा छन् । 
 

कमेन्ट लोड गर्नुस