सुनचाँदीको मूल्य घट्यो
२०८३ भदौ ९, ११:३८
काठमाडौँ: स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय र चाँदीको मूल्य रु ६५ ले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य रु चार हजार नौ सय कायम भएको जनाएको छ।
सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार सात सय र चाँदीको रु चार हजार नौ सय ६५ कायम भएको थियो।
कमेन्ट लोड गर्नुस